म्याट्रिक्सले बजारमा ल्यायो नयाँ ढोका

नेपालगञ्ज – म्याट्रिक्स उड ईण्डस्ट्रिच प्रालिले नेपाली बजारमा नयाँ ढोका ल्याएको छ । आज कोहलपुरस्थित सेन्ट्रल प्लाजामा बिशेष कार्यक्रमको आयोजना गरी बिजि ब्राण्डका नयाँ ढोका प्रिमियम लन्च गरेको म्याट्रिक्स उडका प्रबन्धक निर्देशक जिआर भुषालले जानकारी दिए ।

भुषालका अनुसार, नेपाली बजारका लागि नयाँ लन्च गरिएको ढोका अति नै उपयोगि हुने छ । हालको भन्दा राम्रो, किफायती, घाम पानीले नबिगार्ने प्रकारको रहेको उनले जानकारी दिए । ढोका लन्चको कार्यक्रममा प्रदेश सांसद कृष्णा केसी नमूनाले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि उद्योग, व्यवसायमा संलग्न गराउन राज्यको दायित्व भएको बताईन ।

म्याट्रिक्सले भोली देशभरका डिलरको भेला गर्दै छ । उक्त उद्योगले आफै निर्माण गरेका आर्कषक ढोकाहरु बेच्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६     9:05:54 PM