म्युजिक भिडियो सार्बजनिक

प्रेम सिंह एसके.

नेपालगन्ज – थारू म्युजिक भिडियो ओ माइ डियर बोलको भिडियो शुक्रबार गोचाली मिडियाले सार्बजनिक गरेको छ । सो म्युजिक भिडियो बर्दियाका विभिन्न स्थानमा छायांकन भएको निर्देशक सरोज डगौराले बताएका छन । दर्शकलाई विशेष मनोरन्जन दिने तथा थारु कलकारिता लाई निरन्तरता दिदै आइरहेको डगौराले जनाएका छन ।डिजे थारु म्युजिक भिडियो विभिन्न कलाकारले अभिनय गरेका छन ।

जस्ले गर्दा आम थारु समुदाय का साथै सम्पुर्ण नेपाली दर्सक लाई तताउने प्रतिबद्धता निर्देसक डगौरा ले गरेकछन । थारु डिजे म्युजिक भिडियो ओ माइ डियर बोल को गित मा शब्द र स्वर गायक जनक चौधरी र गायिका दुर्गा चौधरी को रहेको छ । मोडल बिमल चौधरी र मोडेल सर्मिला कुस्मी तथा थारु कलाकार हरु अनुराग ,अर्जुन ,सन्जिबनी ,मनिसा , सन्दीप ,तिर्थ ,कृस्ण र इस्वर चौधरी कलाकार ले अभिनय गरेका छन ।उक्त म्युजिक भिडियो मा राम दयाल चौधरी ,राज कुमार चौधरी र बिकास चौधरी ले सहयोग गरेका छन भने लखन चौधरी को संगीत ,तथा राज कुस्मी को रर्याप रहेको छ । गोचाली मिडिया प्रा लि बासगढी को प्रस्तुति रहेको छ ।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     9:40:11 AM