उद्योग वाणिज्य महासंघमा कोषाध्यक्ष चयन निरक केसी को हुन ?

नेपालगञ्ज – नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुर्खेका व्यवसायी निरक केसी चयन भए । अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार भएको कार्यसमित समितिको १३ औंबाट केसी चयन भएका हुन् । अध्यक्ष राणाले केसीलाई शुक्रबारनै पद तथा गोपनियताको सपथ गराईन । महासंघको पदाधिकारी बनेका केसी को हुन ?

सुर्खेत निवासी केसी हालसम्म महासंघका तीन पटक केन्द्रीय सदस्य भइसकेका व्यवसायी हुन। सुर्खेतमा हार्डवेयर, टे«डिङ्ग हुँदै होटल व्यवसायमा सक्रिय उनी सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन । हाल सुर्खेतमा रहेको उनको होटल सिद्धार्थ समूहले लिएको छ । यद्यपी केसी होटलका शेयर सदस्य छन् ।

सुर्खेतबाट लामो समय उद्योग वाणिज्य महासंघको राजनीतिमा संघर्ष गरेका केसीलाई कोषाध्यक्ष मनोनित गरिएको हो । उनी राजधानी काठमाण्डौं र सुर्खेत दुबै ठाउँमा बस्छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले केसी कोषाध्यक्ष चयन भएकोमा खुःसी व्यक्त गरे ।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     1:17:52 PM