सोल्टी होटलको नाफा २७ करोडभन्दा बढी

भदौ १, काठमाडौं  । सोल्टी होटलले आव २०७५/७६ मा रू. २७ करोड ४२ लाख २७ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ मा रू. २१ करोड २९ लाख ११ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष २८ दशमलव ८० प्रतिशतले नाफा बढेको हो ।

गत वर्ष होटलले ११ दशमलव ७१ प्रतिशतले आम्दानी बढाएको छ । अघिल्लो वर्ष होटल सञ्चालनबाट रू. १ अर्ब ५६ करोड ५८ लाख ३८ हजार आम्दानी गरेको होटलले गत वर्ष रू. १ अर्ब ७४ करोड ९१ लाख ९९ हजार आम्दानी गरेको छ ।

गत वर्ष १० प्रतिशत बोनस शेयर दिएको होटलको चुक्तापूँजी रू. ७३ करोड २६ लाख ७५ हजार पुगेको छ । जगेडा कोष रकम रू. ८७ करोड ८ लाख ७९ हजार रहेको छ । यो रकम अघिल्लो आवमा रू. ९२ करोड १ लाख ४६ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष जगेडा कोष रकममा कमी आएको छ । होटलको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ७४ रहेको छ ।

आर्थिक अभियान

प्रकाशित मितिः आइतवार, भदौ १, २०७६     3:06:36 PM