२९ वर्ष अघि भेरी अन्चलमा कति सवारी दर्ता थिए ?

नेपालगञ्ज – अहिले सवारी साधनको अत्याधिक चाप छ । सवारीसाधन नपुगेका ठाउँ कमै भेटिन्छन् । जता हेर्यो उतै मोटरसाईकलदेखि कार, बसहरु देखिने कुरा सामान्य भइसकेको छ । तर आज भन्दा तीन दशकतिर भेरी, राप्ती, कर्णाली कति सवारी थिए होला ? चासोको बिषय हुन सक्छ ।

यातायात व्यवस्था बिभागका अनुसार, आर्थिक वर्ष २०४६/७७ मा भेरी अन्चलभरी १३ सय ६६ वटा सवारीसाधन दर्ता भएका थिए । त्यसबेला कर्णाली अन्चलमा सवारी साधन दर्ता नहुने गरेको पाईएको छ । राप्ती अन्चलमा भने उक्त आर्थिक वर्षमा ७ सय ३ वटा सवारी साधन दर्ता भएको पाईन्छ ।

२०६५/६६ मा आउँदा सवारीसाधनको दर्ता तीनवटै अन्चलमा घटेको पाईन्छ । द्धन्द्धका समयमा एएटादेखि बढिमा ५ सय वटा सवारीसाधन दर्ता भएको बिभागमा तथ्यांक छ । २०६६/६७ बाट भने सवारीसाधनको धेरै सवारीको दर्ता हुन शुरु भएको छ । बिभागका अनुसार,२०७२/७३ मा कर्णाली अन्चलमा पनि सवारीसाधनको दर्ता शुरु भएको पाईन्छ । गत आर्थिक वर्ष २०७४/७५ को माघसम्म भेरी अन्चलमा ८ हजार ४ सय २०, राप्तीमा २ हजार १ सय ७१ र कर्णाली अन्चलमा २ सय ८५ वटा सवारीसाधन दर्ता भएका थिए ।

प्रकाशित मितिः सोमवार, भदौ २, २०७६     8:02:00 AM