‘व्यक्तिगत प्यान लिनेको उत्साह देखियो’-प्रमुख कर अधिकृत पौडेल

नेपालगञ्ज – पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेसँगै राजश्व कार्यालयमा प्यान नम्बर लिनेको भिड लाग्ने गरेको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा साउन महिनामा मात्र ११ हजारले व्यक्तिगत प्यान नम्बर लिएको प्रमुख कर अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

‘एक महिनाको अवधिमा ११ हजारले प्यान लिने कुरा चानचुने होइन’ प्रमुख कर अधिकृत पौडेलले भने–‘यो सहभागिताले कार्यक्रम सफल भएको प्रष्ट हुन्छ ।’ प्यान लिनेको भिड थामिनसक्नु छ । साउन महिनामा त कर्मचारीलाई नास्ता खान समेत फुर्सद थिए । अहिले क्रमश कम हुँदै गएको छ । ‘साउन महिनाको जस्तो भिड त नहोला तर अहिले पनि प्यान लिने आउनेहरुको कमी छैन ।’– पौडेलले भने । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको कार्यक्षेत्र बाँके र बर्दिया मात्र भए पनि प्यान ब्यक्तिगत प्यान लिनका लागि कसैलाई रोकावट छैन । जहाँको भए पनि ब्यक्तिगत प्यान लिन पाउने प्रावधान छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जलाई गत वर्ष लक्ष्य पुरा गरेका कारण यस वर्षमा लक्ष्य थप गरिएको छ । चालु आर्थिक वर्ष २०७६र७७ मा गत आर्थिक वर्ष २०७५र७६ को लक्ष्य भन्दा ४५ प्रतिशत बढी राजश्व संकलनको दायित्व थपिएको छ । गत आर्थिक वर्ष २०७५र०७६ मा कार्यालयलाई ३ अर्व ५१ करोड लक्ष्य दिइएको थियो भने चालु आर्थिक वर्ष २०७६र७७ मा त्योभन्दा ५४ प्रतिशतले बढी ५ अर्व १० करोड लक्ष्य तोकिएको आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज प्रमुख पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्षमा कार्यालयले लक्ष्य भन्दा रु ८ अर्व बढि अर्थात रु ३ अर्ब ५९ करोड राजश्व संकलन गरेको थियो । गत आवको असुलीका तुलनामा चालु आवको लक्ष्य ४२ प्रतिशतले बढी भएको कार्यालय प्रमुख पौडेलले बताए । प्रमुख पौडेलल राजस्वको लक्ष्य भेट्टाउन कठिन नहुने बताए । बाँकेमा उद्योग, कलकारखाना बढेका कारण पनि राजश्व संकलन सहज हुने उनको भनाई छ । आन्तरिक राजश्व कार्यालय नेपलागञ्जले बाँके र बर्दियामा हेर्दै आएको छ । यहाँ करको दायरालाई विस्तार गरिने र बजार अनुगमनलाई तीव्र बनाउँदै लैजाने कार्यालयको भनाई छ ।

प्रकाशित मितिः सोमवार, भदौ २, २०७६     9:55:54 AM