ट्रकले भेडाको हुललाई ठक्कर दियो

नेपालगन्ज -नेपालगन्ज कोहलपुर सडकखण्ड अन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जन बढि भेडा मारिएका छन । मंगलबार मध्यान्ह १२ बजे नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई ठक्कर दिएको थियो ।

तस्वीर : काँचुलीखबरबाट

ट्रकको ठक्करबाट छियाछिया भएका भेडाहरु बाटोभरी छरिएका थिए । जानकी गाउँपालिका वडा नं.६ निवासी दसंराम गडरियाले गोठबाट चरनकालागि लैजाँदै गरेका भेडालाई हवल्दारपुरस्थित शिखर प्लाई उद्योग नजिकै ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बताएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३, २०७६     6:17:04 PM