उडानका लागि तयार यतिको नयाँ जहाज…..

नेपालगञ्ज बिमानस्थलमा यति एयरलाइन्सको नयाँ बिमान रंगरोगनपछि उडान भर्ने तयारी अवस्थामा । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने योजना कम्पनीको छ ।

 

प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६     11:12:46 AM