मन्जुश्री फाइनान्सको नयाँ बचत खाता, ८.२५% व्याज पाइने, अरु पनि सुविधा

काठमाण्डौं -मन्जुश्री फाइनान्स लिमिटेडले ‘मन्जुश्री विशेष बचत खाता’ नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात रु. ५००० मा बचतकर्ताहरुले वार्षिक ८.२५५ व्याजदर प्राप्त गर्न सक्ने छन् । जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटिएमबाट विना शुल्क रकम झिक्न सकिने छ । त्यस्तै, निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिन छ । एसएमएस बैंकिङ्ग, सीआस्वा, आईपिएस, ईसीसी जस्ता सुविधाहरु पनि निःशुल्क उपलब्ध छन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०७६     4:01:42 PM