सहकारी वित्तीय विकास संस्था अपचलन प्रकरण : छानविन समितिको काम स्थगित

नेपालगन्ज – नेपालगन्जको सहकारी वित्तीय संस्था लिमिटेडको रकम अपचलनका विषयमा छानविन गर्न गठन गरिएको उच्चस्तरिय छानविन समितिले काम रोकेको छ । प्रहरीले समेत छानविन गरिरहेको उक्त प्रकरणको छानविन गर्न सहकारीको बिशेष साधारणसभाले सर्वदेव ओझाको संयोजकत्वमा बिशेष छानविन समिति गठन गरेको थियो । अपचलको प्रकरणमाछानविन गर्न प्रहरीले महत्वपूर्ण कागजात आफ्नो नियन्त्रणमा लिएकाले बिशेष छानविन समितिले छानविन प्रक्रिया अघि बढाउन नसकेको हो ।

छानविन गर्दा बिशेष जाँच गर्नुपर्ने दैनिक भौचर, लेजर, नगदी किताव, सहकारीका अन्य कागजातहरु प्रहरीसंग रहेकाले छानविन प्रक्रिया स्थगित गर्नुपरेको छानविन समितिका सदस्य हेमन्त कर्मचार्यले जानकारी दिए । उक्त प्रकरणको छानविन अब प्रहरीले नै गर्नेछ ।बिशेष साधारणसभाले गत असारमा उक्त छानविन समिति गठन गरेको थियो । कर्मचारीको मिलोमतोमा झण्डै ४० करोड अपचलन भएको अनुमान गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०७६     7:03:35 PM