तिहारका लागि चर्ती फ्लोराले नेपालगञ्जमा सयपत्री फुल लगाउँदै

नेपालगञ्ज -चर्ती फ्लोरा नेपालगञ्जले तिहारलाई लक्षित गरी सयपत्री फुल लगाउन शुरु गरेको छ । राँझामा ४ कठ्ठा जग्गामा कलकत्ते र दिल्ली भेराईटका आर्कषत्र सयपत्री फुलको बेर्ना लगाउन शुरु गरिएको प्रोपराईटर बिन्दु चर्तीमगरले बताईन । ‘बुटवलबाट बेर्ना ल्याएर लगाउन शुरु गरेका छौं ’– उनले भनिन् ।

तिहारका लागि सयपत्री र अन्य पर्व, महोत्सवका लागि माला र बुकी बिक्री गर्ने उदेश्यले चर्ती फ्लोरा स्थापना गरिएको हो । सञ्चालक चर्तीमगर नेपालगञ्ज उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य हुन । लामो समयदेखि व्यवसायीक क्षेत्रमा रहेकी उनले तालिम लिएर यो काम थालेकी हुन ।

नेपालगञ्जमा माला र बुकी जस्ता फुल कमै पाईन्छ । लखनउ र काठमाण्डौंमा ल्याएर बेच्नुपर्ने बाध्यता छ । यही बजार सम्भावना देखेर नेपालगञ्जमा फ्लोरी कल्चरको व्यवसाय गर्ने क्रम बढेको छ ।

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     7:52:04 AM