जिभिएनका विद्यार्थीसंग साम्राज्ञीको भलाकुसारी

नेपालगञ्ज – नेपालगञ्जस्थित जिभिएन कलेजमा चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का पुगेका छन् । आईतवार दिउँसो कलेज पुगेका बिद्यार्थीसंग नायक नायिकाले भलाकुसारी गरे । कलाकार कसरी बनियो र कलाकारीताका क्षेत्रमा बारेमा अहिलेकी चर्चित नायिका शाहले कुरा राख्दा विद्यार्थीले चासोपूर्वक सुनेका थिए ।

विद्यार्थीलाई नायक नायिकाले जिवनमा जस्तोसुकै काम गरे पनि असल बन्न सिक्नुपर्ने सुझाव दिए । नयाँचलचित्र मारुनीको प्रमोसनका लागि यहाँ आएका बेला उनीहरु जिभिएनमा पुगेका थिए । कलेज परिवारका तर्फबाट भब्य स्वागत गरिएको थियो । कलेजका सिईओ गणेश भण्डारीले देशका चर्चित कलाकारसंगको अन्तरक्रियाले विद्यार्थीलाई थप ज्ञान प्राप्त गर्न प्रोत्साहन मिल्ने बताए ।

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     7:01:07 PM