जोन डियरका नयाँ ट्रेक्टरहरु लन्च

नेपालगन्ज, ९ भाद्र । विवेक अटो अटोमोवाईल्स प्रा.लि.नेपालगन्जले जोन डियरका नयाँ पाचँ वटा ट्रेक्टरहरु लन्च गरेको छ । ७ वटा भन्दा बढी मोडलहरुको नेपालमा विक्री वितरण गर्दै आइरहेको प्रालीले थप ५ वटा उत्कृष्ट प्रविधि र बढी क्षमता भएका मोडलहरु सहितको ट्रेक्टरहरु लन्च गरेको हो । आज एक कार्यक्रमका विच ५००५, ५१०५, ५२०५, ५३०५ र ५४०५ जोन डियरका ट्रेक्टरहरु नेपालगन्ज स्थित होटल सोल्टी वेष्टन प्रिमिय नेपालगन्जमा जोन डियर इन्डिया प्रालिबाट डिभिजन २ का डिभिजनल विजनेस म्यानेजर राजेस मालिक, यरिया म्यानेजर युपि सेन्ट्रल तथा नेपालका सौरभ त्रिपाठि, डिभिजन २ का डिभिजनल टेक्टिकल म्यानेजर अभिमन्यु राय, युपि तथा नेपालका असिस्टेन एरिया म्यानेजर सौरभ तिवारी, र विवेक अटो मोबाईलसप्रा. लि. का सिनियर जिएम बेद प्रकाश शर्मा र रिजनल सेल्स म्यानेजर दिपक शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जोन डियरका पुराना ग्राहक र ट्रेक्टर खरिद गर्ने इच्छुक ग्राहकको उपस्थिति रहेको थियो । आज लन्च कार्यक्रममा १३ वटा नयाँ टेक्टर विक्रि भएको विवेक अटो मोबाईल प्रालि नेपालगन्जले जनाएको छ । नयाँ लन्च गरीएका विभिन्न मोडलमा कम डिजल खपत मा वढी काम गर्ने, ५ वर्षको वारेन्टि भएको र विस्वकर्मा पुजाको लागि स्पृसल अफरमा एक वर्ष सम्मको ( ५०एचपि सम्ममा) व्याज छुट र ३२ ईन्चको एलईडि कलर टिभि उपहार स्वरुप प्रदान गरिने क्षेत्रिय सेल्स म्यानेजर दिपक शर्माले जानकारी दिए । कार्यक्रममा विश्वकै उत्कृष्ट ट्रेक्टर बनाउने कम्पनि भएको यस जोन डियर कम्पनिले आफना ग्राहकहरुको आवश्यकता लाई मध्यनजर गरेर उत्पादनहरु बजारमा ल्याउने गरेको जनाएको छ ।

२८, ३६,४०,४१,४२,४६,४८, ५०, ५५, ६३, ७५ हर्ष पावर श्रेणीमा उपलब्ध रहेको यो ट्रेक्टर सम्पुर्ण कृषिजन्य कामहरुका लागि उपयुक्त छ । संसारभरी प्रख्यात जोन डियरले नेपालमा तराईको हरीयो फाँट देखी हिमाली जिल्लाहरुको गाउँगाउँलाई जोडेको छ । विभिन्न १३ वटा अलग हर्षपावर उपलब्ध हुर्दा यस ट्रयाक्टर ले सम्पुर्ण किसान दाजुभाईहरुलाई कृषिमा ठुलो टेवा पुरयाइरहेको छ । नेपालमा पहिलो पटक ५ बर्ष वा ५ हजार घण्टा वारेन्टी दिने यो जोन डियर ट्रयाक्टर वलियो विश्वसिलो र भरपर्दो रहेको सेवाग्राहिहरु बताउछन । हरियो र पहेलो रंगमा रहेको यो ट्रयाक्टर किसानलाई वढी मन परेको रिजनल सेल्स म्यानेजर दिपक शर्माले बताए । नेपालमा यसको विक्री वितरण विवेक अटोमोवाईल्स प्रा.ली.ले गरी रहेको छ । नेपालमा १४० वर्षको ब्यापारीक इतिहास बोकेको दुग्गड गृप अन्र्तगत पर्ने यस विवेक अटोमोवाईल्स प्रा.ली.ले नेपालका किसानहरुका लागी देश भरीनै विभिन्न ठाँउमा गरी २३ वटा शाखा र १२ वटा उप शाखा खोलेर सेवा सुविधा प्रदान गर्दे आईरहेको छ ।

प्रकाशित मितिः सोमवार, भदौ ९, २०७६     9:08:17 PM