सूर्या लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मानित

कोहलपुर, भाद्र १० : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक तथा प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका प्रमुख किरण गौतमले सूर्या लाइफ इन्स्योरेन्स नै सबैभन्दा राम्रो बिमा कम्पनी भएको बताएका छन् ।  सोमबार नेपालगन्जमा आयोजित अभिकर्ता सम्मान तथा तीज विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले, हरेक दिनजसो हामीले जोखिमपूर्ण काम गरिरहेका छौँ । तर हाम्रो जीवनको रक्षा भने कतै पनि छैन । त्यसैले जीवन बिमा गर्नु पर्ने बताए । त्यसमा पनि सूर्या लाइफ इन्स्योरेन्स कम्पनी अरुको तुलनामा एकदमै राम्रो र किस्ता पनि एकदमै कम पर्ने बताए ।

कार्यक्रममा बाँके जिल्ला शाखा प्रमुख दीपा बिनाडी जोशीले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नै बिमा गर्नेहरुको पहिलो रोजाइ भएको बताइन् । उनले, यो कम्पनीको पारदर्शिता र प्रभावका कारण अहिले उत्कृष्ट बन्दै गएको बताइन् । कार्यक्रममा बाँके जिल्लामा रहेर सबैभन्दा बढी जीवन बिमा संकलन गर्ने अभिकर्ता शोभा बि.सी., हिरा खराल, कपिल न्यौपाने, अमृत आचार्य, कमला गैरे लगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्समा आवद्ध १०० भन्दा बढी एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६     7:38:55 AM