प्याब्सनले नेपालगञ्जमा पहिलो पटक शिक्षिका एकल नृत्य प्रतियोगिता गर्दै

नेपालगञ्ज – प्याब्सन नेपालगञ्ज नगर समितिले पहिलो पटक ‘शिक्षिकाहरुको एकल नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । तीज पर्वको अवसरमा भदौ १३ गते प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सन नेपालगञ्ज नगर समितिका सचिव मान बहादुर थापाले जानकारी दिएका छन् ।

जय बागेश्वरी स्कुलमा आयोजना हुने प्रतियोगिताका लागि भदौ ११ गते सम्बन्धित शिक्षिक वा बिद्यालयले सम्पर्क गरिसक्नुपर्नेछ । प्राय विद्यार्थीबीच मात्र यस्ता प्रतियोगिता हुने भए पनि शिक्षिकाको हौसला बढाउन नयाँ प्रतियोगिता आयोजना गर्न लागेको सचिव थापाले बताए । प्रतियोगिता परम्परागत गीत तथा पोशाकमा आधारित रहने छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६     7:55:50 AM