बुवाको मुख हेर्ने दिनमा एस–क्याफेले दियो केक र मिठाईमा १५ % छुट

नेपालगञ्ज – भदौ १३ गते परेको कुशे औंसीको अवसर पारेर एस–क्याफेले देशभरका ‘आउटलेट’बाट ‘केक’ र मिठाईमा छुट अफर सार्वजनिक गरेको छ । ‘बुवाको मुख हेर्ने दिनलाई सम्झनायोग्य’ बनाउन उक्त क्याफेले केक र मिठाईमा १५ प्रतिशत छुट दिने भएको हो । यो अफर भदौ ११ गते अगाडीसम्म लागू हुने छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले सञ्चालन गरेको एस क्याफेका आउटलेटहरु काठमाण्डौको न्यूरोड,जमल,तिनकुने र बाँकेको नेपालगञ्ज र कोहलपुरमा रहेका छन् । उक्त क्याफेमा कफी,केक, बेकरी र मिठाई पाईन्छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६     9:44:17 AM