कोहलपुरमा नेपाल ग्याँसको बोटलिङ प्लान्ट बन्दै, ‘कर्णाली’ ब्राण्डको ग्याँस बेच्ने

नेपालगञ्ज – बाँकेको कोहलपुरमा बोटलिङ प्लान्ट स्थापनाको काम शुरु गरेसंगै नेपाल ग्याँस कम्पनी पश्चिमकोे बजारमा प्रवेश गर्दै छ । नेपाल ग्यास कर्णाली ब्राण्डमा यस क्षेत्रमा ग्यास बिक्री गर्ने कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए । देशकै पुरानो र ठुलो मध्येको ग्याँस कम्पनीका रुपमा रहेको नेपाल ग्याँसको बजार अहिले नारायणी अन्चलपूर्वसम्ममा रहेको छ ।

तर अब उसले आक्रमकरुपमा पश्चिम नेपालको बजारमा प्रवेश गर्न लागेको हो । ‘पश्चिम नेपाल लगानीका लागि उर्वर क्षेत्र हो । अरुले जस्तै हामीले पनि लगानी बढाएका छौ. ।’ भण्डारीले भने–‘अन्यत्र जस्तै त्यसक्षेत्रका सेवाग्राहीको पनि म जित्न सक्छौ ।’ अविनाश समूहले ६ वर्ष अघि साढे ८८ करोड रुपैयाँमा किनेको नेपाल ग्यासलाई देशव्यापी विस्तारका लागि एग्रेसिभ लगानी गरेको कार्यकारी निर्देशक गोकुल भण्डारीको भनाई उद्धित गर्दै बिजमाण्डु डटकमले समाचार प्रकाशित गरेको छ ।

बिजमाण्डुका अनुसार, उक्त समूहले समूहले नेपालको पहिलो ग्यास कम्पनी किनेपछि संचालनमा रहेका कतिपय पूराना कम्पनी किन्दै नयाँ ठाउँमा समेत प्लान्ट लगाउन सुरु गरेको छ।समूहले काठमाडौंको वालाजुमा रहेको बोटलिङ प्लान्टको क्षमता एक हजार टन पुर्याएको छ भने चितवन, बाँके र धनुषामा नयाँ बोटलिङ प्लान्ट स्थापना गरेको छ । बालाजुको प्लान्ट पूर्ण स्वचालित बनाएको छ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     7:07:08 AM