सुर्खेतमा वस दुर्घटना, ३ को मृत्यु, २७ घाईते (अपडेट)

नेपालगञ्ज-पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको ना ४ ख ९३२७ नम्बरको बस सुर्खेतमा दुर्घटना भएको छ । मंगलवार साँझ ५ बजे राडिदेखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिकोे बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

बिहान करीब ३ बजेतिर गाडीको ब्रेक फेल भएर सुर्खेतको हर्रे र बबईको बिचमा एमाले मोड नजिकै दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार हाल सम्म ३ जनाको शव निकालिएको २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागी पठाइएको जनाएको छ । सुर्खेत ट्राफिक प्रहरी कार्यालयका अनुसार घटना स्थलमा उद्धारका लागी प्रहरीको टोली र नेपाली सेनाको टोली खटिरहेको छ ।

दुर्घटनामा ४ बच्चा, ८ जना महिला र बसका चालक सहित १३ जना पुरुष गरि २५ जना घाईते भएको ट्राफिक प्रहरीको भनाइ छ । राडीबाट ९ जना, कालिमाटिबाट ७ जना, मटेलाबाट ४ जना गरी यात्रु लिएको र अन्य बाटोमा हाल्दै यात्रु बोकेको यातायात ब्यवसायी समितिले जनाएको छ । २५ जना नेपालगञ्ज पठाएको अन्य कति जनाको ज्यान गएको भन्ने एकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

 

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     9:22:52 AM