कर कार्यालय र बैंकमा एउटै रिपोर्ट पठाउने व्यवस्था लागू गर्न राष्ट्र बैंकलाई राजश्वको पत्र

बैंकिङ खबर । व्यवसायीहरुले कर कार्यालय र बैंकमा एउटै वित्तीय विवरण पठाउने व्यवस्था कार्यान्वयनमा ल्याउन आन्तरिक राजश्व विभागले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्दै विभागले यो व्यवस्था कार्यान्वयन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिन अनुरोध गरेको हो । अब राष्ट्र बैंकले निर्देशन जारी गरी यो व्यवस्था कार्यान्वयनमा ल्याउनेछ ।

अर्थमन्त्री युवराज खतिवडाले गत आर्थिक वर्षको बजेटमा नै एउटै विवरण बुझाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका थिए । मौद्रिक नीतिले पनि यो विषय सम्बोधन गरेको थियो ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     7:49:50 PM