बाँकेका सीडीयो मदन भुजेलको मोरङ्ग सरुवा, बाँकेमा कुमार खड्का आउने

नेपालगञ्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको मोरङ्ग सरुवा भएको छ । उनको ठाउँमा कुमार बहादुर खड्का आउने भएका छन् । गृहमन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीको सरुवा सूची सार्वजनिक गरेको हो ।

प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६     4:02:55 PM