प्रदेश लिग फूटबल प्रतियोगितामा धम्बोझी क्लब बिजयी, ५ लाख पुरस्कार पायो

नेपालगन्ज,भदौ १२ । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फूटबल प्रतियोगितामा बाँकेको धम्बोझी क्लब १३ अङ्क सहित लिग बिजेता भएको छ । आज बिहिवार अन्तिम खेलमा दाङलाई ३-२ गोल अन्तरले बाँकेले उपाधी जितेको हो । प्रतियोगितामा बाँके ,बर्दिया ,रोल्पा ,दाङ ,रुपन्देही र नवलपरासी गरि छ जिल्ला सहभागी थिए । प्रतियोगितामा बाँकेले रोल्पासंग २-२ को बराबरी खेलेको थियो भने अरु सबै खेलमा अपराजित हुँदै बिजेता भएको हो । बिहिवार भएको खेलमा दाङका गणेश नेपालीले १० मिनेटमा अग्रता दिलाएका थिए । २४ औ मिनेटमा दाङका नवराज खड्काले आत्मघाती गोल गरेपछी खेल बराबरी भयो ।

मध्यान्तरपछि बाँकेबाट २९ औ मिनेटमा रवि जिएम र ३८ औ मिनेटमा यम बहादुर बुढाथोकीले १/१ गोल गोल गरे । अतिरिक्त समयको ५ औ मिनेटमा दाङका नेपालीले दोश्रो गोल गरे । धम्बोझी क्लबका अध्यक्ष देवेन्द्र खड्काका अनुसार शुक्रबार बिहान बिजेता टोलिको नेपालगन्जमा नगर परिक्रमा सहित सम्मान गरिने छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले प्रदेश स्तरीय प्रतियोगिता बाँकेले जित्नु जिल्लबासिका लागि नै गौरव भएको बताउनु भयो । प्रतियोगितामा १२ अक सहित रुपन्देही द्वितीय र बर्दिया तृतीय भएका छन । प्रतियोगिताको बिजेता धम्बोझिले नगद ५ लाख प्राप्त गरेको छ । उपबिजेताले ३ लाख र तेस्रो हुनेले १ लाख नगद पाएको छ । दाङको बेल्झुुुुण्डि रंगशालामा प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले बिजेता खेलाडीलाई पुरस्कार तथा शिल्डडर प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६     7:04:56 PM