बैध केराउ बरामद गरेर बदनाम गरियो : गुलरियाका व्यवसायी

गुलरिया । प्रहरीले व्यपारीको केराउ बरामत गरेकापछि गुलरियाका व्यापारीहरु आक्रोसित भएका छन् । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बर्दियाले केराउ तस्करी भएको भन्दै प्रहरीको माध्यमबाट धमाधम केराउ बरामत गर्न थालेपछि बर्दिया जिल्ला स्थित गुलरियाका ब्यापारीहरु आक्रोसित भएका हुन्।

सोमबार गुलरिया नगरपालिका वडा नं ८ बस्ने राधेश्याम गुप्ताको गोदाममा रहेको ७९ क्विन्टल केराउ पक्राउ गरी भन्सार बुझाएपछि गुलरिया नगरपालिकाका ब्यापारीहरु आक्रोशित भएका हुन् ।

तेस्रो मुलुकबाट आयात गरिएको केराउ नेपाली बजारमा बिक्री गर्न पाउने अधिकार हुँदा हुँदै प्रशासनले दादागिरी शैलीमा बरामत गरेको भन्दै बुधबार उद्योग बाणिज्य संघको टोलीले गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव र उप प्रमुख शुशिला गिरीलाई भेटेर प्रशासनको नजरमा ब्यापारीहरु तस्कर हुन भन्ने सोच छ त्यसलाई परिवर्तन गर्न आग्रह गरेको छ ।

उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष बिर बहादुर चौधरीले जुन हिसावले गुलरिया नगरपालिका ब्यापारीलाई मात्र निसाना बनाएर जिल्ला प्रशानले काम गरेको छ त्यो नै दुर्भाग्य छ । सवै ब्यापारी तस्कर होईनन यसलाई प्रमुख जिल्ला अधिकारीले राम्रो संग बुझ्न जरुरी छ,अन्यथा ब्यापार संघ आन्दोलनमा उत्रिन बाध्य हुनेछ ।

ब्यापारीको गोदामबाट सोमबार बरामत गरिएको ७९ क्विन्टल केराउ स्थानिय राधेश्याम गुप्ताको गोदामबाट बरामद गरिएको भए पनि जिल्ला प्रहरी कार्यालय बर्दियाले भने तस्करी गर्न लागिएको केराउ बरामद गरिएको र केराउका मालिक राधेश्याम गुप्ता केराउ छोडेर भागेको दावी सहित भन्सार कार्यालयमा बुझाएको थियो ।

यसै बिच केराउ धनी राधेश्याम गुप्ताले प्रहरी प्रशासनले गोदामको केराउ बरामत गर्ने र आफु त्यही हुँदा हुँदै भागेको भन्ने मुचुल्का बनाउने प्रहरीलाई कारबाही गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     4:59:40 PM