अन्तर विद्यालय फुट्सल प्रतियोगिता सुरु

नेपालगन्ज- नेपालगन्ज उपमहानगर पालिका वडा नं २० कार्यलय मिक्स इभेन्ट मेनेजमेन्ट र नेपालगन्ज फुटसल रिक्रएसनल सेन्टर मुख्य-प्रायाेजकमा शुक्रवारबाट अन्तर बिधालय फुट्सल प्रतियोगिता नेपालगन्ज बाके मा सुरु भएको छ । नेपालगंज उपमहानगरपालिका वडा २०का वडा अध्यक्ष कृष्ण कार्की ले उदघाटन गर्नु भएको थियो ।

उदघाटनमा दुई वटा खेल भएका छ्न ।जय जनता माध्यमिक विद्यालयलाइ मुन्तरा स्कुलले ३/५ गोल ले बिजयी भएको थियो ।दोस्रो खेल पसुपती मा.बि र डकार बोर्डिङ स्कुल बिच भएको खेलमा पसुपति मा.बि ले ४/६ गोल अन्तर ले बिजयी भएको थियोे । भदौ १३ गते बाट २० गते सम्म हुने खेलमा सह प्रायोजक को रुपमा जय सुर्य निर्माण सेवा,जय सुर्य बालुवा प्रसोधन उद्योग तथा ग्लोबल टेर्डस एण्ड सप्लायर्स र कृषि बिकास बैंक नेपालगन्ज ले प्रायोजक गरेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     8:39:03 AM