शिक्षिका एकल नृत्य प्रतियोगिता आयोजना, होलील्याण्डकी शाही प्रथम

नेपालगञ्ज – प्याब्सन नेपालगञ्ज नगर समितिले पहिलो पटक ‘शिक्षिकाहरुको एकल नृत्य प्रतियोगिता’ शुक्रवार आयोजना गरेको छ । तीजको अवसरमा आयोजना गरिएको प्रतियोगितामा होलील्याण्ड स्कुलकी शिक्षिका सुष्मिता शाही प्रथम,जयबागेश्वरीकी रिता सोती मगर,तेस्रो पशुपति स्कुलकी सर्मिला केसी रहेकी छन् ।

प्रथम, द्धितीय र तृतीयले क्रमश ५०००, ३०००,२००० राशीको पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह,  हिसान बाँके ,बर्दियाका अध्यक्ष अभिनन्द्र दत्त मिश्रा, प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्य लगायतको सहभागिता थियो । प्याब्सन नगर समिति अध्यक्ष विकास आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिभिएन, युनाइटेड, मोर्डन, एबिसी लगायत बिदालय सहभागि थिए । । प्राय विद्यार्थीबीच मात्र यस्ता प्रतियोगिता हुने भए पनि शिक्षिकाको हौसला बढाउन नयाँ प्रतियोगिता आयोजना गरिएको प्याब्सन नेपालगञ्ज नगर समिति सचिव मानबहादुर थापाले जानकारी दिए । उनले कार्यक्रममा सहभागि हुने सबैलाई प्याब्सनका तर्फबाट धन्यवाद दिएका छन् ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     9:06:33 AM