वित्तीय क्षेत्रमा रोजगारी : कुन कुन पदमा कहाँ कहाँ खुलेको छ ? कसरी गर्ने अप्लाई ?

नेपालगञ्ज -बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि यतिबेला सुनौलो अवसर छ । थुप्रै बैंक तथा वित्तीय संस्थाहरुले ठूलो संख्यामा कर्मचारीको माग गरिरहेका छन् । आफ्नो इच्छा र योग्यताअनुसारको जागीर खाने अवसर तपाईँलाई पर्खिरहेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थामा एप्लाई गर्ने म्याद आइतबार सकिँदैछ । संस्थाले ट्रेनी एसिस्टेन्टदेखि एसिस्टेन्ट मेनेजरसम्मका विभिन्न आठ पदमा प्रवीणता देखि स्नातकोत्तर उतीर्णसम्म र अनुभव भएका र नभएका सबैलाई अवसर दिन लागेको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले तीन जना शाखा प्रबन्धक मागेको छ । व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी तीन वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिने पाउनेछन् । आवेदन दिने म्याद सेप्टेम्बर ३ सम्म रहेको छ ।

सालिग्राम लघुवित्त वित्तीय संस्थामा पनि सेप्टेम्बर ३ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । संस्थाले जुनियर एसिस्टेन्ट ट्रेनी (एसएलसी वा एसईई उतीर्ण), सिनियर एसिस्टेन्ट (प्लस दुई उतीर्ण र एक वर्षको अनुभव) र ट्रेनी जुनियर अफिसर (व्यवस्थापनमा स्नातक) मागेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तले अधिकृत कनिष्ठ अधिकृत(स्नातक उतीर्ण र एक वर्षको अनुभव), बरिष्ठ सहायक सहायक कनिष्ठ सहायक (प्रवीणता प्रमाणपत्र तह उतीर्ण र एक वर्षको अनुभव) र प्रशिक्षार्थी सहायक (एसएलसी वा एसईई उतीर्ण) मागेको छ । एप्लाई गर्ने म्याद भदौ १९ गतेसम्म छ ।

मितेरी डेभलपमेन्ट बैंकले धरानस्थित केन्द्रीय कार्यालयका लागि एक जना डेपुटी मेनेजर (स्नातकोत्तर उतीर्ण र दुई वर्षको अनुभव), एक जना मेनेजर वा सिनियर मेनेजर (स्नातकोत्तर उतीर्ण र दुई वर्षको अनुभव) र सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपूरका लागि केही संख्यामा अफिस लेभलमा शाखा प्रबन्धक (स्नातक उतीर्ण र दुई वर्षको अनुभव) मागेको छ । आवेदन दिने म्याद भदौ २९ अर्थात १५ सेप्टेम्बरसम्म रहेको छ ।

दुई वटा वाणिज्य बैंकहरुमा पनि रोजगारीको अवसर छ । सिद्धार्थ बैंक र सिभिल बैंकले कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले सेप्टेम्बर ३ भित्रै एप्लाई गर्न आह्वान गरेको छ भने सिभिल बैंकमा एप्लाई गर्ने म्याद सेप्टेम्बर ८ सम्म रहेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     2:03:30 PM