गृहमन्त्रालयद्धारा कारवाहीको सिफारिस गर्ने कार्यादेश सहितको छानविन समिति गठन

नेपालगञ्ज – गृहमन्त्रालयले गौहत्या प्रकरणको छानविन गर्न उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सुरक्षा निकाय समेतको सहभागिता रहने चार सदस्यीय छानविन समितिलाई गौहत्या प्रकरणको बास्तविकता पत्ता लगाउने गरी १५ दिनको म्याद दिइएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
गृहमन्त्रालयले गाईहरुको ओसारपसार,अस्वभाविक मृत्यु तथा घाइते भएकाका सम्बन्ध यथार्थ पत्ता लगाउने जनाएको छ । उक्त समितिलाई कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता छ दोषीलाई प्रचलित कानुन बमोजिम कस्तो कारवाही गर्नेसम्मको अधिकार उक्त समितिलाई दिइएको छ । गौहत्यामा संलग्नलाई कडा कारवाही गर्ने र उन्मुक्ति नदिने गृहमन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     4:07:20 PM