बाँके ट्रक यातायात प्रालि र लखनउको अस्पतालबीच सम्झौता, यस्ता सुविधा पाउने

नेपालगञ्ज – दुर्घटनाका घाइतेको उपचारका लागि बाँके ट्रक यातायात सेवा प्रालिले भारतको लखनउस्थित सुषमा हस्पिटल एण्ड रिसर्च सेन्टरसंग लिखित सम्झौता गरेको छ । सम्झौता पत्रमा समितिका अध्यक्ष महेन्द्र मल्ल र रिसर्च सेन्टरका तर्फबाट मनीषकुमार उपाध्यायले हस्ताक्षर गरे ।

अबदेखि बाँके ट्रक यातायात सेवा प्रालि अन्र्तगतका ट्रकबाट हुने दुर्घटनाका घाइतेको उपचारको उक्त रिसर्च सेन्टरले गर्ने छ । त्यसवापत समितिले बिरामी घर फर्किए पछि पनि बैंक वा अन्य कुनै माध्यमबाट पैसा भुक्तानी गर्न पाउने भएको अध्यक्ष मल्लले जानकारी दिए ।

अध्यक्ष मल्लका अनुसार, घाइतेका साथै समितिका पदाधिकारी, कर्मचारीको उपचार खर्चमा ५० प्रतिशत छुट हुने छ । त्यस्तै छ महिनामा निःशुल्क स्वास्थ्य परिक्षण हुने अध्यक्ष मल्ले बताए ।

प्रकाशित मितिः बिहिबार, साउन १६, २०७६     3:08:18 PM