निर्माण नहुँदै नौवस्ता औद्योगिकक्षेत्रको जग्गा खुम्चियो, सट्टाभर्ना गर्न सरकारलाई सिफारिस

नेपालगञ्ज १६ भदौ – निर्माणको काम शुरु नहुँदै बाँकेको बैजनाथ गाउँपालिका–५ नौवस्तामा प्रस्ताव गरिएको ‘नौवस्ता औद्यौगिक क्षेत्र’ खुम्चिएको छ । सरकारले ५ सय २५ बिघामा औद्योगिकक्षेत्र बनाउने घोषणा गरेपनि औद्योगिकक्षेत्र व्यवस्थापन लिमिटेडको नाममा २०७३ सालमा ३ सय ३८ बिघा जग्गा दर्ता गराएको थियो । तर सोही जग्गा मध्येबाट पनि ६१ बिघा जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी, क्षेत्रीय कारागारलाई दिनुपर्ने भएपछि औद्योगिक क्षेत्र खुम्चिन पुगेको हो ।

औद्योगिकक्षेत्रका लागि प्रस्ताव गरिएको जग्गामा बसोबास गर्ने सर्बसाधारणले जग्गा पाउनुपर्ने भन्दै काममा अवरोध गर्दै आएका थिए । उनीहरुको अबरोधका बीच ठुला काम नभएपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सामान्य काम भने गर्दै आएको थियो । आईतवार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपालगञ्जमा बसेको सर्बपक्षिय बैठकले उक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई ३१ बिघा जमिने दिने सहमति गर्दै नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बस्ती व्यवस्थापनमा ३१ बिघा र सशस्त्र प्रहरीको तालिम केन्द्र र कारागारका लागि ३० बिघा जग्गा गरी ६१ बिघा जग्गा दिनुपर्ने भएको हो ।
कोहलपुरका उद्योगहरु एकमुष्टरुपमा त्यही औद्योक्षिक क्षेत्रमा राख्ने, ठुला उद्योग स्थापना हुने मात्र नभई सरकारलाई हाल कायम जग्गाकै डिजाई पेश गरेका कारण जग्गा कम हुन नहुने कानुनी व्यवस्था भएको भन्दै बैठकले छाड्नुपरेको जग्गा सट्टाभर्ना गर्न सरकारलाई सिफारिस गरेको छ ।

नौवस्ता औद्योगिक क्षेत्रको ३१ बिघा जग्गा बस्ती व्यवस्थापनलाई दिने, काममा अवरोध नगर्ने सहमति

प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६     10:03:50 AM