अब बैंकमा खाता नखोली बिदेश काम गर्न जान नपाइने

काठमाडौं। सरकारले कामका लागि विदेश जानेहरुलाई बैंक खाता अनिवार्य गरेको छ। सोमबारबाटै लागू हुने गरी सरकारको बैदेशिक रोजगार विभागले बैंक खाता अनिवार्य गरेको हो।

विभागका अनुसार, श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा पनि विवरण अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ कसैले बैंक खाता नदिए उसले श्रम स्वीकृति पाउने छैन। सरकारले हुन्डीलाई रोक्न बैंक खाता अनिवार्य गरेको हो। बैंक खाता अनिवार्य गरेपछि यसैमा पैसा पठाउनु पर्छ। यदि उसले कमाएको पैसा बैंक खातामार्फत नल्याएको खुलेमा अर्को पटक श्रम स्वीकृति पाउने छैन।

प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६     2:20:03 PM