डकैती मुद्दाका फरार कैदीमाथि गोली प्रहार

बाँके । चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाएँ सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको छ ।

८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद तथा २७ हजार रुपैयाँ सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नंं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । बैदेशिक रोजगारीबाट फर्कन लागेका न्यौपानेलाई विशेष सूचनाका आधारमा नेपालगनञ्ज जमुनाह नाकाबाट पक्राउ गरी कोहलपुर ल्याउने क्रममा नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुर राझाँबाट मोटरसाइकलबाट भाग्न खोजेका न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो ।

गोली लागि घाइते भएका न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

यूएनको गाडी चोरी तथा डकैती गरेको आरोपमा नयैपाने सहित अरु दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६     5:30:56 PM