नेपालगञ्ज–लखनउ सिधा बस सेवा शुरु हुँदै, भाडा रु ५००

नेपालगञ्ज – भेरी यातायात प्रालिले भारत उत्तर प्रदेश परिवहन निगमसंगको सम्झौतामा नेपालगञ्ज–लखनउ सिधा बस सेवा सञ्चालन गर्ने भएको छ । भदौ २२ गतेबाट दैनिक दुईवठटा एसि सहितका सुविधा सम्पन्न बस सञ्चालन हुन लागेको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले बताए ।

पहिलो पटक नेपालगञ्जबाट लखनउमा सिधा बस सेवा सञ्चालन गर्न लागिएको हो । गिरीका अनुसार, नेपलागञ्ज लखनउको भाडादर रु ५ सय तोकिएको छ । सिधा बस सेवाले बिरामी लगायत अन्य कामका लागि लखनउ आवात जावत गर्नेलाई सहज हुने छ । साथै पर्यटक प्रर्बधनका लागि पनि सहयोग पुग्ने गिरीले बताए ।

प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६     7:23:40 PM