दैनिक नेपालगञ्जले नवौं वार्षिकत्सव मनायो

नेपालगञ्ज – सम्यक मिडिया हव प्रालिद्धारा प्रकाशित हुँदै आएको दैनिक नेपालगञ्ज पत्रिका नवौं वर्षमा प्रवेश गरेको छ । नेपालगञ्जबाट नियमित प्रकाशित हुने पहिलो ब्रोडसिट दैनिक नेपालगञ्जले आफ्नो वार्षिकउत्सवको अवसरमा आज कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम उत्कृष्ट कर्मचारी सम्मानित हुनाका साथै यहाँको मिडिया र बिज्ञापन बजारका बारेमा छलफल भयो ।
कमजोर बिज्ञापन बजारका बीच ब्रोडसिट पत्रिका प्रकाशन गर्नु अत्यन्त चुनौती भए पनि आगामी दिनमा अझ व्यवस्थित तरिकाले पत्रिका स्तोरन्नती गर्ने अध्यक्ष एवं प्रधान सम्पादक झलक गैरेले बताए । गैरेले अनलाईनलाई थप परिस्कृत गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     12:06:23 PM