संविधान दिवशमा विशेष छुट दिन सुर्खेत उद्योग वाणिज्य संघको आग्रह

सुर्खेत १९ भदौ – चौथो सविधान दिवशको अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले तीन दिन बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले आगामी असोज २, ३ र ४ गते साँझ पसल अगाडि दिपावली गर्ने र ३ गते बिहान ७ बजे मंगलगढीचोकमा राष्ट्रिय पोसाक सहित प्रभात र्यालीको आयोजना गर्ने जानकारी दिएको छ ।

निर्णय कार्यान्वयनका लागि संघले बस्तुगत समिति र उद्योगी, व्यवसायीमा आग्रह गरेको छ । साथै संविधान दिवशको अवसरमा बिभिन्न सामानमा बिशेष छुटको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     4:02:47 PM