‘मेरो त पान नम्बर छ’

नेपालगञ्ज—२ मनिषा वाल्मिकी सरसफाईकर्मी हुन । ११ वर्षदेखि मनिषा बिभिन्न ठाउँमा सरसफाईको काम गरेर मासिक आम्दानी गरिरहेकी छन् । उनीसंग पान नम्बर छ । सरकारले पान नम्बरको आधारमा पारिश्रमिक भुक्तानी गर्ने निर्णय कार्यान्वयन गरेपछि उनले पान नम्बर लिएकी हुन ।
‘मसंग त पान नम्बर छ । त्यसैका आधारमा पारिश्रमिक लिइरहेकी छु ।’— मनिषाले भनिन् उनले अन्य सहकर्मीले पनि पान नम्बर लिएको बताईन । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा साउन महिनामा मात्र १२ हजारले पान नम्बर लिएकाछन् । भदौमा लिनेको संख्यामा पनि उच्च छ ।

 

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     12:28:44 PM