पर्यटकका नाममा यात्रु ओसार्ने गाडी रोक्न अघि सरे बाँकेका होटल व्यवसायी

नेपालगञ्ज – पर्यटकका नाममा नेपाल–भारतमा यात्रु ओसार्ने गाडीहरुलाई रोक्न बाँकेका होटल व्यवसायी आफै कस्सिएका छन् । नेपालगञ्ज हुँदै पहाडी जिल्ला र त्यहाँबाट भारतका बिभिन्न ठाउँमा पर्यटकका नाममा यात्रु ओसार्ने कार्यका बिरुद्ध होटल व्यवसायी संघ बाँकेले जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकायलाई ध्यानार्कषण गराउँदै आएको छ ।

‘पर्यटकका नाममा यात्रु ओसार्न पाईदैन ।’ होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले भने–‘यि गाडीहरु नेपालगञ्जमा रोक्दै नरोकी सिधै गन्त्व्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।’ दैनिक दर्जन बढि गाडी नेपाल –भारतमा ओहोरदोहोर गर्छन ।

बाँकेको  व्यवसाय मर्कामा परेपछि त्यस्ता गाडी रोक्न आफै कस्सिएका हुन । शुक्रवार होटल व्यवसायीले गाडी रोके । तर यातायात कार्यालयले बिना कुनै कारण छाडेको कँडेलले बताए । अब चरणबद्ध रुपमा यस्ता कार्यका बिरुद्ध लाग्ने संघले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     4:22:20 PM