नेपालगञ्जमा खुल्यो रोजगारी पसल, निजीक्षेत्रलाई कर्मचारी पाउन सहज हुने

नेपालगञ्ज २१ भदौ – नेपालगन्जमा शनिबारदेखि रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरुलाई उनिहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ संस्थाहरुसम्म पुर्‍याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले एक औपचारिक कार्यक्रम मार्फत पसलको रिबन काटेर उद्घाटन गरे । उनले नेपालगन्जमा अहिले होटेल, कल कारखाना, उद्योग, अस्पताल, बिद्यालय लगाएत अनेकौं प्रकारका ब्यापारीक संघ संस्थाहरु खुलेको बताउँदै त्यहा आबश्यक पर्ने सबल र दक्ष कामदारहरुको माग यो पसलले सहज रुपमा पुर्‍याउनका लागि मद्दत गर्ने बताए ।

रोजगार पसलका म्यानिजिङ्ग डाईरेक्टर सैलेन्द्र राज गिरीले यो पसलले रोजगारदाता संघ संस्था र रोजगार गर्न चाहानेको लागि पुलको काम गर्ने बताए । ‘हामीले रोजगारदाता संघ संस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदारहरु उत्पादन गरेर पठाउछौ’ उनले भने । बिदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्न सकिने उनको भनाई थियो ।

सन २०१२ मा स्थापना भइ देशका काठमाडौ, ईटहरी र पोखरा जस्ता सहरबाट पसलले यो सेवा प्रदान गरि रहेको बिजनेस म्यानेजर सन्जीव निरौलाले बताए । हाल सम्म देशैभरीबाट १ लाख ५० हजार बढी रोजगार गर्न चाहाने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनले बताए । उनका अनुसार पसलमा हाल ५ हजार बढी रोजगारदाता संघ संस्थाले आवद्धता जनाएका छन । करीव ८ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीहरुमा पसल मार्फत रोजगारी गरिरहेको उनको भनाई छ ।

 

सीप प्रोजेक्टको प्राबिधिक सहकार्यमा नेपालगन्ज शाखा संचालनमा आएको सीप कार्यक्रमका रिजेनल म्यानेजर सन्जय ज्ञवालीले बताए । उनका अनुसार बिरगंजमा पनि सीप कै सहकार्यमा रोजगार पसल संचालनमा आउदैछ । रोजगार पसल नेपालगन्जका शाखा ईन्चार्ज उपेन्द्र गुरुङ्गले बेरोजगार व्यक्तिले नेपालगन्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निशुल्क रुपमा दर्ता गर्न सक्ने बताए । उनले रोजगार गर्न चाहाने व्यक्तिका लागि आवश्यकता अनुसारको तालिमको व्यवस्था समेत पसलले गर्ने बताए । पसलको उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष नन्दलाल वैश्य, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कंडेल लगाएतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सतिस अधिकारीले संचालन गरेका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६     2:47:38 PM