नेपालगञ्जमा गण्डकी विकास बैंकको अटो कर्जा प्रमोशन

नेपालगञ्ज – गण्डकी विकास बैंकले दशैं तिहारको अवसर पारेर नयाँ अटो कर्जा अफर ल्याएको छ । नयाँ अफरका बारेमा नेपालगञ्जमा समेत प्रमोशन भइरहेको छ । अटो बजारको पश्चिमको हब बन्दै गएको नेपालगञ्जमा गण्डकीले ल्याएको नयाँ अफर सेवाग्राहीले रुचाउने बिश्वास गरिएको बैंकका कर्जा अधिकृत हरिस आचार्यले जानकारी दिए ।

नयाँ अफर अन्र्तगत ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिन्छ भने ब्याजदर ११.४९ प्रतिशत कायम गरिएको छ । ७ वर्षको अवधिमा मासिक सरल किस्ताबन्दीको सुविधा दिइएको आचार्यले बताए ।

प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६     5:53:55 PM