साइवर सुरक्षाका विषयमा छलफल गर्न राष्ट्र बैङ्कले सोमबार २८ ओटै वाणिज्य बैङ्कलाई बोलायो

काठमाडौ । नेपाल राष्ट्र बैङ्कले एटीएम ह्याकको विषयमा छलफल गर्न २८ वटै वाणिज्य बैङ्कहरुलाई छलफल गर्न बोलाएको छ ।  गत शनिबार नेपालका विभिन्न बैङ्कका एटीएम बुथहरुबाट चिनियाँ ह्याकरहरुले ह्याकगरी करोडौ रुपैयाँ चोरी गरेपछि राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीलाई सुरक्षित बनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिकसँग छलफल गरिरहेको छ । सोही विषयमा थप छलफल गर्न राष्ट्र बैङ्कले सबै वाणिज्य बैङ्कलाई डोकेको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्यापिटल नेपाललाई बताए ।

बैङ्क तथा वित्तीय संस्थाको एटीएम तथा अन्य प्रविधिलाई कसरी बढी सुरक्षति बनाउने विषयमा छलफल केन्द्रीत हुने छ ।

गत शनिबार चिनीयाँ ह्याकरहरुले ७ ओटा बैङ्कका विभिन्न कार्ड प्रयोग गरी १७ ओटा बैङ्कका विभिन्न स्थानका ६८ ओटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी गरेका थिए ।

यसैगरी भारतबाट ६ ओटा नेपालका वाणिज्य बैङ्कहरुका विभिन्न कार्ड प्रयोग गरी त्यहाँका विभिन्न २४ ओटा बैङ्कका १३२ एटीएमबाट १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँबराबरको रकम झिकिएको थियो ।

सिंगापुरबाट आएको अन्तर्रष्ट्रिय प्राविधिक टोलीले अध्ययन सकेको छ । रिपोर्ट आउन बाँकी भएको कार्यकारी निर्देशक मिश्रले बताए । पछिल्लो समयमा बैङकका एटीएम सुरक्षति हुन छाडेका छन ।

केन्द्रीय बैङ्कले साइवर सुरक्षालाई अझ मजुवत बनाउ बैङ्करहरुसंग छलफल थालेको हो । गत शनिबार ३ विभिन्न बैङ्कहरुबाट ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     7:42:52 AM