भुरीगाउँका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टिभ पेपर’

बर्दिया – भुरीगाउँका छाडा पशुको घाँटीमा बर्दिया भुरिगाउँमा आज सोमबार सडकमा छोडिएका छाडा पशु चौपायको घाँटीमा रिफ्लेक्टिभ पेपर( लाइट परेपछी टल्किने) लगाइएको छ । विकासप्रेमी युवा समूह बर्दियाको आयोजना तथा ईलाका प्रहरी कार्यालय भुरिगाउ र अस्थायी ट्राफिक पोष्ट भुरिगाउको सहकार्यमा पेपर लगाउने काम सम्पन्न भएको विकासप्रेमी युवा समूह बर्दियाका अध्यक्ष गोपाल निरौलाले जानकारी दिए ।

यो पेपर लगाएपछि टाडैबाट पशु भएको थाहा हुन्छ भने दुर्घटनामा रोकिन्छ । पशुका कारण हुने सवारी दुर्घटनाले कयौंको ज्यान गइसकेको छ । कार्यक्रममा ठाकुरबाबा वडा न.१ का वडाध्यक्ष श्यामलाल थारु ,इलाका प्रहरी कार्यालय प्रमुख बसन्तराज पान्डे,विकास प्रेमी युवा समूह ठाकुरबाबा नगर समिती का पदाधिकारिहरु,स्थानीय बुद्दिजिवी,पत्रकार तथा स्थानिय व्यापारि हरुको उपस्थिती रहेको थियो ।

बढदो सवारी दुर्घटना लाई केही न्यूनीकरण गर्न सकिन्छ कि भनेर यो काम को थालनी गरिएको विकास प्रेमी युवा समूह बर्दियाका सचिव नारायण गौतमले बताए । रातिको समयमा छाडा पशु चौपाय नदेखिने र सवारी साधन ठोकिन पुगि हुने सडक दुर्घटना लाई केही न्यूनीकरण गर्न सकिन्छ कि भनी यो अभियान चलाइएको समूहका सचिव गौतमले बताए ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     8:52:47 PM