नेपालगञ्जलाई पर्यटन रणनीतिमा समेट्न स्वतन्त्र राजनीतिक समूहले आवाज उठायो

नेपालगञ्ज २४ भदौ – हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले मंगलवार काठमाण्डौंमा सम्पन्न भएको भेलाले नेपालगञ्जको भविष्यसंग जोडिएका महत्वपुर्ण विषयमा सरकारको ध्यानार्कषण गराउने निर्णय गरेको छ । पश्चिमको ट्रान्जिट नेपालगञ्जलाई पछि पार्ने काम नगर्न सचेत गराउँदै यहाँको वर्षौदेखिको विकासका आवश्यकता बारेमा सरोकारवाला निकायलाई ध्यानार्कषण गराउने निर्णय भएको उक्त समूहको केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने बाँकेका नेता पशुपति दयाल मिश्रले जानकारी दिए ।

स्वतन्त्र राजनीतिक समूहले पश्चिमको पर्यटकिय हबका रुपमा परिचित नेपालगञ्जलाई राष्ट्रिय पर्यटन रणनीतिमा समावेश नगरिएकोप्रति आपत्ती जनाएको छ । पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै होटल व्यवसाय क्षेत्रमा करोडौको लगानी बिस्तार भइसकेको अवस्थामा सरकारले वेवास्ता गरेको भन्दै उक्त समूहले पर्यटन रणनीति भित्र नेपालगञ्जलाई समेट्न भनेको छ । पर्यटन रणनीति भित्र नेपालगञ्जलाई नसमेटिएको विषयलाई सो समूहले प्राथमिकताका साथ उठाएको छ ।

त्यस्तै नेपालगञ्ज बिमानस्थललाई अन्र्तराष्टियस्तरको विमानस्थल बनाउन र दिल्ली, पोखरा र रारा उडान चालु गर्न माग गरिएको छ । स्वयं नेता मिश्र पनि विमानस्थलको स्तारेन्न्ती हुनुपर्ने भन्दै आवाज उठाउँदै आएका छन् । मिश्रका अनुसार बैठकले बागेश्वरी मन्दिरको बृहद विकास र नेपालगञ्ज बिश्वविद्यालयको विधेयकलाई अगाडी बढाउन माग गरिएको छ ।

‘एयरफेयर’ घटाएर पर्यटकबाट ‘डेभलपमेन्ट सर्पोट लेभी’ लिनुपर्ने !

नेपालगञ्जप्रति विभेदकारी पर्यटन रणनीति, कैलाशको प्रवेशद्धारलाई नजरअन्दाज !

राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     9:29:16 PM