नेपालगञ्ज उद्योग वाणिज्य संघले विजनेस इन्क्युवेशन कार्यक्रम चलाउने

नेपालगञ्ज – नेपालगन्ज उद्योग वाणिज्य संघले नयाँ सोंच भएका नवप्रवेशी उद्यमीका लागि बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । बुधवार संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा नयाँ सोच भएका नव उद्यमी लाई व्यवसाय गर्न सहयोग गर्ने तथा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास, र ‘स्टार्टअप इकोसिस्टम’ संस्थागत गर्नमा सघाउने सम्बन्धित कार्यक्रममा हस्ताक्षर भएको छ । उक्त विषयमा अन्तरप्रेरणा प्रा.लि. विजनेस इन्क्युवेशन कार्यक्रम नेपालगन्जमा सञ्चालन गर्नका लागि सम्झौता गरि कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६     4:49:53 PM