सिमेन्टको गुणस्तरमा सम्झौंता नगरिएको नापतौलको दाबी, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले विभागले सिमेन्टमा अघुलनशिल पदार्थको मान मापदण्डभित्रै रहेको जिकिर गरेको छ।

‘इन्सोलुबल रेसिडिउ’ (आइआर) भारतमा पाँच प्रतिशत रहेपनि नेपालमा भने ३३ ग्रेडमा चार प्रतिशत, ४३ तथा ५३ ग्रेडमा तीन प्रतिशत कायम गरिएको विभागले जनाएको छ।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको गुणस्तरमा कुनै सम्झौंता नगरिएको दाबी गरे।ओपिसी सिमेन्टमा क्लिंकर र जिप्सम वाहेक अरु कुनै पनि गैर कच्चा पदार्थ प्रयोग गर्न नपाउने उनले बताए।

विभागले म्याग्नेसियमको मानमा समेत परिवर्तन नगरिकए जनाएको छ।नेपाल गुणस्तर ४९मा म्यागेनेसियम पाँच प्रतिशत रहेको बताउँदै उनले अहिले ३३ ग्रेडमा ६ प्रतिशत कायम गरिएको जानकारी दिए।उनका अनुसार ४३ र ५३ ग्रेड सिमेन्टमा पाँच प्रतिशतनै रहेको छ।भारतमा सबै ग्रेडका सिमेन्टमा म्याग्नेसियममा ६ प्रतिशत कायम गरिएको छ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     8:14:53 AM