नेकपा बाँकेले भन्यो,–‘सीतापुरको घटनालाई राजनीतिकरण गरियो’

नेपालगञ्ज – सीतापुरमा बिहिवार भएको घटनालाई नेपाली काँग्रेसले राजनीतिकरण गरेको नेकपा बाँकेले बताएको छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै नेकपाले व्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न काँग्रेससंग माग गरेको हो ।

कुनै पनि राजनीतिक दलका कार्यक्रममा अवरोध गर्ने पार्टीको नीति नभएको स्पष्ट गर्दै नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइरालाले पत्रकार सम्मेलन गरी काँग्रेस पार्टीसंग सहकार्यमा जोड दिएका छन् ।

यता खजुरा गाउँपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै स्थानीय असलम भाटका कारण खजुरामा अनावश्यक बिवाद खडा गर्ने काम भएको उल्लेख गरेको छ । गाउँपालिकाकी कार्यवहाक अध्यक्ष एकमाया बिकले प्रेस बिज्ञप्ती जारी गरी निज भाटले अनावश्यक रुपमा खजुरामा बिवाद खडा गर्ने काम गरेको बताईन ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     5:37:44 PM