बैंकर्स क्लव कोहलपुरले संविधान दिवश र दशैंको अवसरमा बिभिन्न कार्यक्रम गर्ने

कोहलपुर -कोहलपुरक्षेत्रमा रहेका बैंकका शाखा प्रबन्धक संस्था कोहलपुर बैंकर्स क्लवले संविधान दिवश र दशैं पर्वको अवसर पारेर बिभिन्न कार्यक्रम गर्ने भएको छ । आज बसेको बैठकले उक्त निर्णय गरेको क्लवका प्रवक्ता एवं सिभिल बैंकका शाखा प्रबन्धक बसन्त कुमार रेग्मीले बताए ।


क्लवले आज कोहलपुरमा सरुवा भई अन्यत्र जान लागेका उपाध्यक्ष अशोक न्यौपाने र सचिव मिगलसिंह ठकुरीको बिदाई गरेको छ । सिभिल बैंकका शाखा प्रबन्धक बसन्त कुमार रेग्मी, मेगा बैंकका प्रबन्धक प्रविण श्रेष्ठ,गण्डकी विकास बैंकका प्रबन्धक यदुनाथ खनाललाई स्वागत गरिएको छ । क्लवका अध्यक्ष रामहरी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर क्षेत्रको बैंक तथा वित्तीय अवस्थाका बारेमा समेत सामान्य छलफल भएको थियो ।

 

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     5:51:49 PM