सिद्धार्थ बैंकद्धारा धनगढी उपमहानगरलाई १ सय ५० डस्टविन प्रदान

धनगढी – सिद्धार्थ बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई १ सय ५० वटा डस्टविन हस्तान्तरण गरेको छ । आज शुक्रवार बैंकले मेयर निर्पबहादुर ओडलाई डस्टविन हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले दिएको डस्टविनले नगरको सरसफाईको काममा महत्वपूर्ण भूमिका खेल्ने मेयर ओडले बताए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     8:40:01 PM