तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

नेपालगञ्ज २८ भदौ – पछिल्लो तीन वर्षयता बाँके जिल्लामा डेढ दर्जन ठुला उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा आठ अर्व लगानी भित्रिएको छ । देशमा राजनीतिक स्थीरतासंगै बाँकेमा उद्योग खोल्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७३र ७४ मा सातवटा उद्योग थपिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । सातवटा उद्योगबाट जम्मा १ सय ४२ जनालाई रोजगारी सिर्जना भएको थियो । आर्थिक वर्ष २०७४र ०७५ मा रु ५ अर्ब २६ करोड ८० लाख लगानीका थप पाँच उद्योगले उद्योग बिभागबाट सन्चालनका लागि अनुमति पाए । आर्थिक वर्ष २०७४र२०७५ मा उद्योग बिभागबाट बाँकेमा उद्योग सन्चालनका लागि गत आर्थिक वर्षमा जय अम्बे स्टील, सगरमाथा स्टील ईण्डष्ट्रिज, नेपाल वोलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज , विकास फ्लोर मिल र भिभो मोवाईल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति पाएका थिए ।

अनुमति पाएका मध्ये अधिकांस उद्योग सन्चालनमा छन् भने केही उद्योगले पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पु¥याएका छन् । केही महिनामा पूर्वाधार निर्माणको काम सक्ने बित्तिकै बाँकी उद्योग पनि पूर्णरुपमा सन्चालनमा आउने छन् । उद्योग बिभागका अनुसार आर्थिक वर्ष २०७३ र २०७४ भन्दा आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा ठुलो उद्योग स्थापनासंगै लगानीमा पनि तिब्र बिस्तार भएको छ । तर आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा उत्साहजनक लगानी भित्रिएको उद्योग बिभागको तथ्यांकबाट पुष्टि हुन्छ । गत आर्थिक वर्ष बिभागमा दर्ता भएका सात उद्योगले जिल्लामा ७ सय ८२ जनालाई प्रत्यक्षरुपमा रोजगारीको वातावारण सिर्जना गर्दै छन् । बाँके जिल्लामा स्टील उद्योगको आर्कषण नै देखिएको छ । देशकै सबैभन्दा ठुलो औद्यागिक समूह जय अम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु ४ अर्व १५ करोड चुक्तापुँजी सहित उद्योग सन्चालनको तयारी गरिरहेको छ । आगामी बैशाखबाट उत्पादन शुरु गर्ने गरी पुर्वाधार निर्माणको काम भइरहेको छ । त्यस्तै सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २४ करोड चुक्ता पुँजी सहित उद्योग स्थापना गरेको छ ।
उद्योग बिभागका अनुसार, दर्ता भएका सात मध्ये नेपाल वोलहोप एग्रीटेक प्रालिले चितवन पछिको दोस्रो शाखा हो । चितवनमा रहेको उद्योगले कोहलपुरमा रु २४ करोड लगानी गरे उद्योग सन्चालनमा ल्याईसकेको छ । उक्त उद्योगले दानाहरु उत्पादन गर्दै आएको छ । बाँकेमा रु २४ करोड लगानीमा भिएमआई ग्रुप अन्र्तगत बर्षा रिसाईक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ । त्यस्तै विकास फ्लोर मिलले रु २ करोड ४५ लाख लगानी गरेको छ । भिभो मोवाईल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु ३० लाख लगानी गर्ने उदेश्य सहित गत आर्थिक वर्षमा उद्योग बिभागबाट दर्ता प्रमाणपत्र लिएको छ ।

देशमा राजनीतिक अस्थिरता भएसंगै अन्यत्र जस्तै बाँकेमा पनि ठुला उद्योग स्थापना हुने क्रम रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । पुर्वमा सन्चालनमा रहेका उद्योगले उत्पादन गरेका सामाग्री पश्चिम नेपालमा ल्याउन ढुवानी खर्च धेरै हुने भएकाले यहाँको बजारलाई लक्षित गर्दै उद्योग सन्चालन हुने क्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य बताउँछन् । उनी भन्छन् भन्छन,–‘हरेक हिसावले बाँके जिल्लामा लगानीमैत्री वातावरण छ । यसलाई अझै राम्रो बनाउनुपर्छ ।’ आर्थिक वर्ष २०७५र २०७६ को माघ महिनासम्म बाँकेमा सन्चालन हुने गरी पाँच उद्योग उद्योग बिभागका दर्ता भएका छन् । यि उद्योगमा चुक्ता पुँजी रु डेढ अर्व रहेको छ । ट्याक्टरको म्यानुफ्याक्चरिङ्गदेखि क्यासिनोसम्मका उद्योगहरु दर्ता भएका हुन ।

उत्पादनमूक उद्योगमा क्रिस मोटर प्रालि रहेको छ । चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ भने एक हजार ट्याक्टर म्यानुफ्याक्चरिङ्ग गर्ने क्षमताको बनाईदैछ । उक्त उद्योग सन्चालन भए एक सय जनाले रोजगारी पाउने छन् ।

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     9:18:16 AM