मनमोहक गाभर !

बाँकेको गाभर भ्याली सामुदायीक होमस्टेको नाम सवैभन्दा अगाडी आउँछ । हुनपनि होमस्टेका रुपमा विकास हुँदै गरेको गाभर भ्याली एक लोभलाग्दो होमस्टे बनेको छ । गाभरभ्यालीमा थारु सहित मुगुको राराबाट स्थानान्तरण गरिएका जुम्लीबासि छन् । यसबाट पनि धेरै समुदायको जमघट छ गाभरमा भन्न सकिन्छ । सबै समुदायका छुट्टाछुट्टै विशेषता र पहिचान छन् । उनीहरुका आ–आफ्नै संस्कृति छन् । तर गाभर भ्याली सामुदायीक होमस्टेमा पुगेपछि सबैका संस्कृति र पहिचान एकैठाउँमा देख्न पाईन्छ ।  २०७० सालमा सुरु भएको यो होमस्टे अहिले नेपालकै नमूना हामेस्टेका रुपमा चिनिन्छ । गाभर भ्यालीले जीविकोपार्जन मात्रै नभई आयआर्जनको मोडल लिएको छ । अहिले यस होमस्टेमा ७ वटा छन् । यसमा १८ वटा कोठा छन् । कुनै घरले २० लाख र कुनैले ५० लाखसम्म लगानी गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा यसवर्ष बाघको संख्या ४२५ ले बढेको देखाएको छ । यसलाई जोडेर गाभर भ्यालीले Tiger Tourism (बाघ पर्यटन) को अवधारणा समेत ल्याएको छ । मानव र जनावरबीच एक किसिमको सम्बन्ध विस्तार गर्न गाभर भ्यालीले यस्तो अवधारणा ल्याएको हो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गाभरभ्यालीले ग्रामीण पर्यटन प्रवद्र्धनका विभिन्न योजना समेत ल्याएको छ । १ दिनको चुर हाइकिङ देखी २ दिनको चुरे ट्रेकिङसम्म । यसरी हाइकिङ र ट्रेकिङ सञ्चालन गर्दा चुरेमा पाइने महत्वपूर्ण बोटविरुवाको बारेमा प्रचार हुन्छ । अहिलेसम्म नामाकरण समेत हुन नसकेका बोटविरुवा छन् चुरे क्षेत्रमा । यसरी पर्यटकीय गतिविधि बढेपछि चुरेमा वाताबरणविद्, पयंटनविद् र बोटविरुवाका विषयमा अध्ययन गर्ने मानिसहरुको उपस्थिती बढ्छ । यसले चुर संरक्षण र त्यस क्षेत्रका बोटविरुवा र जडिबुटीको प्रचार हुन्छ ।

 

 

प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६     3:47:14 PM