बाँकेमा ६३९७ घरेलु उद्योग, रु १० अर्व २१ करोड लगानी ( प्रदेशभर कहाँ कति उद्योग ?)

नेपालगञ्ज ३१ भदौ – बाँके जिल्लामा हालसम्म सञ्चालित ६ हजार ३ सय ९७ घरेलु तथा साना उद्योगमा रु १० अर्व २१ करोड ८९ लाख ५६ हजार लगानी भएको छ । राज्यको अस्पष्ट नीति र सीमावर्ती भारतीय बजारबाट भित्रिने अवैध सामानको मारमा पर्दा पनि बाँकेमा लगानी थपिदै गएको घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका सचिव मधु खड्काले जानकारी दिइन ।

प्रदेश नं. ५ उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका अनुसार,हालसम्म बाँकेमा ६ हजार ३ सय ९७ वटा उद्योग दर्ता भई सञ्चालनमा छन् । साना उद्योग सबैभन्दा धेरै दर्ता भएका छन् । हालसम्म साना उद्योग ६ हजार ३ सय ६४ दर्ता भएका छन् । यि उद्योगमा सबैभन्दा बढि रु ८ अर्व १५ करोड बढि लगानी भएको छ । १३ वटा घरेलु उद्योगमा रु ९३ करोड र ५० वटा लद्यु उद्योगमा रु २ अर्व लगानी छ ।

घरेलु तथा साना उद्योगले बाँकेमा १२ हजार ९ सय ४२ जनालाई रोजगारी दिएका छन् । घरेलु तथा साना उद्योग महासंघ बाँकेकी सचिव खड्काले घरेलु उद्योगलाई प्रोत्साहन गर्ने हो भने अझ लगानी बढ्ने बताईन । उनले भनिन–‘एकातिर राज्यको प्रोत्साहन नीति छैन अर्कोतर्फ भारतीय उत्पादनसंग प्रतिस्पर्धा गर्न नसकेर धरासायी बन्नुपर्ने अवस्था छ ।’

 

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     5:38:17 PM