बर्दिया प्रहरीद्धारा साढे छ लाख मुल्यको अवैध केराउ बरामद

बर्दिया- नेपालबाट भारततर्फ चोरी तस्करी गर्न लागिएको अवस्था जिल्ला प्रहरी कार्यालय बर्दियाले बढैयाताल गाउँपालिकाबाट २ सय ६५ बोरा केराउ बरामद गरेको छ । बर्दियाका एसपी राजेशनाथ बास्तोलाले अवैध चोरीपैठारी नियन्त्रण कार्यलाई तिव्रता दिने क्रममा केराउ बरामद भएको बताए  । प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा रहेको प्रहरी टोलीले आज दिउँसो बढैयाताल वडा नं. ८ कण्ठपुरबाट उक्त केराउ बरामद गरेको हो ।

बरामद केराउको मुल्य छ लाख बईसठ्ठी हजार पाँच सय रहेको छ । नेपालबाट भारततर्फ केराउ लगायतका सामाग्रीको तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय भएको छ । प्रहरी बरामद केराउ राजापुर भञ्सार कार्यालय पठाएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     8:26:12 PM