नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल विभुषित

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ७ जना उद्योगी व्यवसायीलाइ मानपदवी, अलंकार र पदकद्धार विभुषित गरेको छ ।

विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन । अध्यक्ष राणा र उपाध्यक्ष ढकाल कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभुषित भएका छन ।

यस्तै पर्यटन व्यवसायी स्वर्गिय आङछिरिङ शेर्पा सुप्रसिद्ध प्रवल जनसेवी प्रथम श्रेणीबाट विभुषित भएका छन । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ उज्जवल कीर्तिंमय राष्ट्रद्धिप तृतिय श्रेणीबाट विभुषित भएका छन ।

मानपदविबाट विभुषित हुनेमा उद्योगपति अशोक अग्रवाल, यातायात व्यवसायी योगेन्द्र कर्मचार्य र एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपाने रहेका छन ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     5:44:02 PM